राजपाको चुनावी घोषणापत्र सार्वजनिकः १२ पास गरेका युवतीलाइ बिहेमा मंगलसूत्र

शीर्ष दलले चुनावी घोषणपत्र सार्वजनिक गरिसकेको अवस्थामा राष्ट्रिय जनता पार्टी नेपाल राजपाले  पनि प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।

महोत्तरीको जलेश्वरमा एक कार्यक्रम गरी राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले ‘पहिचान, अधिकार र सम्मान, राजपा नेपालको दृढ अडान’ भन्ने नारासहित १५ बुँदे प्रतिबद्धतासहितको घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।

मधेस, थरुहट तथा पहिचान र अधिकारका लागि भएका हरेक विद्रोह र आन्दोलनका क्रममा ज्यान गुमाएका र घाइते भएका हरेक जीवित र मृत व्यक्तिको सपना साकार पार्न, नेपालबाट सबैखाले विभेदको कानुनी अन्त्य गर्दै सबै नेपालीको परिचयलाई सम्मान गर्ने, सबैको अधिकार सुरक्षित गर्ने, प्रदेशको सिमांकन सच्याउने, र राष्ट्र निर्माणको गहन अभिभारामा सबैलाई समावेश गराउने गरी संविधानलाई पूर्णता प्रदान गर्न र देशमा जारी दशकौं लामो राजनीतिक अस्थिरता र अनिश्चिततालाई सधैँका लागि अन्त्य गर्दै देशलाई शान्ति, समृद्धि र सफलताको पथमा डोर्या‍उने समावेशी र सक्षम राज्य व्यवस्थाको जग बसाल्न राजपा नेपालको चुनाव चिन्ह छातामा मत हाल्न आह्वान गरेको छ ।‘सबैको पहिचान, सबैको अधिकार–राजपालाई मत, एकमात्र अधिकार’ भन्दै राजपाले समुन्नत नेपाल, सम्पन्न नेपाली, सार्थक संविधान, समावेशी राज्य, समतामूलक समाज, सार्वभौम नागरिक भन्ने विषयलाई जोड दिएको छ ।

 राजपाको घोषणापत्रमा ?

राजपाले आफ्नो घोषणापत्रमा अति आवश्यक विषयहरुलाई सर्वाधिक महत्वको सूचिमा राखेको छ । पहिचान, स्थान, अधिकार र स्वाभिमानको संघर्षलाई जारी राख्दै देशको चौतर्फी विकास द्रुत गतिमा हुनुपर्ने भन्दै राजपाले राज्यले होच्याएको, अलपत्र पारेको र पूर्ण रुपमा वेवास्ता गरेको मधेस र थरुहट क्षेत्रको विकासलाई अबको सर्वा्धिक प्राथमिकताको विषय बनाउने जनाएको छ ।

बाढी पहिरोको स्थायी समाधान, हुलाकीमार्ग, थप सडक संजाल र रेल सेवाको विस्तार, काठमाडौं–निजगढ द्रुतमार्ग र निजगढ दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल, जनकपुर–अन्तर्राष्ट्रिय पर्यटन स्थल एवंंं विश्व हिन्दु केन्द्र, विरगन्ज–नेपालको आर्थिक कारोवार र व्यापारको प्रमुख केन्द्र, विराटनगर, भैरहवा र नेपालगंज नेपालको आर्थिक विकासको मेरुदण्ड, लुम्विनी–अन्तर्राष्ट्रिय बुद्धिष्ट केन्द्र सूचिना प्रविधि र इन्टरनेट सेवाको विस्तार, युवामैत्री कार्यक्रम, महिलामैत्री कार्यक्रम, किसानमैत्री कार्यक्रम, गरिबमैत्री कार्यक्रम, वैदेशिक लगानी आकर्षण र निजीक्षेत्रलाई प्रोत्साहन, शहिद स्तम्भ एवं स्मारक निर्माण र हरेक क्षेत्र, विकास क्षेत्र भन्ने प्रतिबद्धता जनाएको छ ।

राजपाले हरेक वर्ष तराई–मधेसको समथर मैदानमा आउने बाढीको स्थायी समाधानका लागि वैज्ञानिक योजना बनाएर बाँध र कल्भर्ट निर्माण, वर्षा यामको पानीको उचित निकास, चुरेभावरको प्रभावकारी संरक्षण एवं व्यापक वृक्षारोपणको कार्यक्रम सञ्चालन गर्ने र तराई मधेसको नागरिकलाई प्रकोपबाट सधैँका लागि मुक्त गर्न सशक्त कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।

यस्तैगरी सहज आवागमन र सर सामानको ढुवानीका लागि हुलाकी मार्गलाई तराई–मधेस लोकमार्ग नामांकरण गर्दै यथाशीघ्र सम्पन्न गरी थप सडक सञ्जालको निर्माण गर्ने, पूर्व–पश्चिम राजमार्गको समानान्तर आधुनिक रेलमार्गको निर्माण गर्ने राजपाको प्रतिबद्धता छ ।

वीरगन्जलाई आधुनिक शहरको रुपमा विकास गर्दै यसलाई बैंकिङ्ग, बिमा, शेयर कारोबार र अन्तर्राष्ट्रिय व्यापारको केन्द्र बनाउने, नयाँ उद्योगहरु खोल्न निजी क्षेत्रलाई आकर्षित गर्ने सेवा, सुविधा र छुटको योजना बनाइने, विरगन्जलाई विश्वका अन्य व्यापारीक र आर्थिक कारोबार हुने शहरहरुसँग सरकारी स्तरमै जोडिने घोषणापत्रमा समावेश गरिएको छ ।

जनकपुर अन्तर्राष्ट्रिय पर्यटन स्थल एवं विश्व हिन्दू केन्द्रलाई प्राथमिकता दिँदै जनकपुरको बृहत र चौतर्फी विकासका लागि दक्ष र अनुभवी विशेषज्ञहरुको सहयोगमा आधुनिक गुरुयोजना तयार गरी जनकपुरलाई अन्तर्राष्ट्रिय पर्यटन र अध्यात्मिक केन्द्रको रुपमा विकास गर्ने, जनकपुर विमानस्थललाई सुरुमा क्षेत्रीय र पछि अन्तराष्ट्रिय आधुनिक विमानस्थलको रुपमा स्तरोन्नती गर्ने राजपाको घोषणापत्रमा उल्लेख छ ।

राजपाले सूचना प्रविधि र इन्टरनेटको सेवा उपलब्ध नभएका वा गुणस्तरीय नभएका ठाउँहरुमा सुलभ र सस्तो इन्टरनेट सेवा उपलब्ध गराउने, सरकारी र सार्वजनीक रुपमा सञ्चालित माध्यमिक, उच्च माध्यमिक एवंम् व्यवासायीक शिक्षा केन्द्रहरुमा निशुल्क इन्टरनेटको व्यवस्था गर्ने जनाएको छ ।
उच्च शिक्षा र वैदेशिक रोजगारमा जान चाहने युवाहरुका लागि धरौटीसहित ऋण उपलब्ध गराउने, बैंक र वित्तिय संस्थाहरुलाई कुल ऋण प्रवाहको कम्तिमा १ प्रतिशत युवाहरुको नयाँ कारोबारमा लगानी गर्नुपर्ने व्यवस्था गर्ने घोषणापत्रमा उल्लेख छ । विराटनगर, जनकपुर, वीरगन्ज, भैरहवा, नेपालगन्ज र धनगढीमा आधुनिक क्रिकेट मैदानको निर्माण गर्ने, त्यसमध्ये कुनै दुईलाई अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सकिने रंगशालाको रुपमा विकास गर्ने प्रतिबद्धता जनाएको छ ।

 

विराटनगर, भैरहवा र नेपालवगन्ज नेपालको आर्थिक विकासको मेरुदण्डका रहेको भन्दै राजपा नेपालले निर्वाध विद्युत आपूर्ति, औद्योगिक विकासको व्यवस्थापन, औद्योगिक सडकको निर्माण एवं स्तरोन्नती, श्रमिक विकास, प्राविधिक प्रशिक्षण र राजनीतिक हस्तक्षेपको समाप्ति लगातका दिशामा ठोस कार्य गर्दै उद्योगहरुको सम्बन्धन र थप विस्तारको कार्यक्रमहरु बनाउने जनाएको छ । राजविराज, सिराहा, जलेश्वर, मलङ्गवा, गौर, कलैया, नवलपरासी, तौलिहवा, नेपालगन्ज, तुलसीपुर, गुलरिया र महेन्द्रनगरमा एकिकृत सहरी विकास कार्यक्रम लागु गरी आधुनिक सहरको निर्माण गर्ने प्रतिबद्धता जनाएको छ ।

लुम्विनी विकास गुरुयोजनालाई तत्काल थप प्रभावकारी बनाउने, ढिलो भएमा योजना र निर्माण कार्यहरुलाई यथाशिघ्र सम्पन्न गर्ने, सुरु नभएका कार्यक्रमहरुलाई अविलम्ब प्रारम्भ गर्ने, राजनीतिक हस्पताक्षेपलाई निरुत्साहित गर्ने, सुस्त गतिमा निर्माण हुँदै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई शीघ्र सम्पन्न गरी सञ्चालनमा ल्याउने राजपाको प्रतिबद्धता छ ।

 

‘महिलाको लागि हरेक उच्च शिक्षा निशुल्क गर्ने, हरेक नवजात बालिका जन्मनासाथ उसको सुरक्षित भविष्यका लागि आमाको संरक्षकत्वमा बालिकाको नाममा १० हजार रुपैयाँ अनुदान दिर्घकालिन मुद्धती खाता खोली बैंकमा जम्मा गरिनेछ, जुन बालिका १८ वर्ष पुगेपछि आवश्यकता अनुसार व्याजसहितको एकमुस्ठ रकम प्रयोग गर्न सक्नेछन्’ घोषणापत्रमा भनिएको छ । कम्तीमा १० जोड २ सम्मको शिक्षा प्राप्त गरेका र उमेर पुगेका विवाहयोग्य महिलालाई विवाहको समयमा आधा तोला सुनको मंगलसुत्र वा सो वरावरको रकम प्रदान गर्ने समेत राजपाले प्रतिबद्धता जनाएको छ ।

किसानमैत्री कार्यक्रमलाई जोड दिँदै राजपाले कृषि क्षेत्रको आधुनिकिकरण, नयाँ प्रविधिको प्रयोग, पैदावारको औद्योगिकीकरण, मल खाद्यको सस्तो र सहज उपलब्धता, उत्पादन वृद्धि र विविधिकरण, सरलीकृत कृषि ऋण तथा नयाँ बजार विस्तार आदि उपायहरु अबलम्बन गर्दै किसानको जीवन सुखद बनाउनुको साथै देश विकासमा कृषि क्षेत्रको योगदानलाई बृद्धि गर्ने उल्लेख गरेको छ ।

राजपाले सूचना प्रविधि र इन्टरनेटको सेवा उपलब्ध नभएका वा गुणस्तरीय नभएका ठाउँहरुमा सुलभ र सस्तो इन्टरनेट सेवा उपलब्ध गराउने, सरकारी र सार्वजनीक रुपमा सञ्चालित माध्यमिक, उच्च माध्यमिक एवंम् व्यवासायीक शिक्षा केन्द्रहरुमा निशुल्क इन्टरनेटको व्यवस्था गर्ने जनाएको छ ।

राजपाले सूचना प्रविधि र इन्टरनेटको सेवा उपलब्ध नभएका वा गुणस्तरीय नभएका ठाउँहरुमा सुलभ र सस्तो इन्टरनेट सेवा उपलब्ध गराउने, सरकारी र सार्वजनीक रुपमा सञ्चालित माध्यमिक, उच्च माध्यमिक एवंम् व्यवासायीक शिक्षा केन्द्रहरुमा निशुल्क इन्टरनेटको व्यवस्था गर्ने जनाएको छ ।
उच्च शिक्षा र वैदेशिक रोजगारमा जान चाहने युवाहरुका लागि धरौटीसहित ऋण उपलब्ध गराउने, बैंक र वित्तिय संस्थाहरुलाई कुल ऋण प्रवाहको कम्तिमा १ प्रतिशत युवाहरुको नयाँ कारोबारमा लगानी गर्नुपर्ने व्यवस्था गर्ने घोषणापत्रमा उल्लेख छ । विराटनगर, जनकपुर, वीरगन्ज, भैरहवा, नेपालगन्ज र धनगढीमा आधुनिक क्रिकेट मैदानको निर्माण गर्ने, त्यसमध्ये कुनै दुईलाई अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सकिने रंगशालाको रुपमा विकास गर्ने प्रतिबद्धता जनाएको छ ।
उच्च शिक्षा र वैदेशिक रोजगारमा जान चाहने युवाहरुका लागि धरौटीसहित ऋण उपलब्ध गराउने, बैंक र वित्तिय संस्थाहरुलाई कुल ऋण प्रवाहको कम्तिमा १ प्रतिशत युवाहरुको नयाँ कारोबारमा लगानी गर्नुपर्ने व्यवस्था गर्ने घोषणापत्रमा उल्लेख छ । विराटनगर, जनकपुर, वीरगन्ज, भैरहवा, नेपालगन्ज र धनगढीमा आधुनिक क्रिकेट मैदानको निर्माण गर्ने, त्यसमध्ये कुनै दुईलाई अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सकिने रंगशालाको रुपमा विकास गर्ने प्रतिबद्धता जनाएको छ ।

Related posts

Leave a Comment