यस्तो समुदाय जहाँ यौनसम्पर्क गरेर विवाहका लागि केटा छानिन्छ

कतिपय कुराहरू सुन्दै अनौठो लाग्छ । आ–आफ्नो ठाउको परम्परा अनुसार समाजको नियममा बाँधिनु पर्ने हन्छ । यस्तै छ कम्बोडियाको सुन्दा आश्चर्य लाग्ने खालको परम्परा जहाँ छोरीलाई आफ्नो जिवन साथी रोज्न एक भन्दा बढी पुरुषसंगका यौन सम्बन्ध राख्न अभिभावकले नै उक्साउँछन् ।छोरीहरुको सजिलोका लागि बुवाआमाले नै घरभन्दा केही टाढा प्रेम झुपडी बनाइदिन्छन् । यसमध्येको एउटा परम्परा कम्बोडियामा छ, जहाँ युवतीहरुलाई धेरैजना पुरुषसँग यौन सम्बन्ध कायम गरी आफ्नो लागि उपयुक्त लोग्ने छान्ने स्वतन्त्रता छ ।कम्बोडियाको क्रिउन आदिवासीहरुमा विवाहको एउटा अनौठो परम्परा रहेको छ । आदिवासी समुदायका चेलीहरु विवाह पूर्वनै आफुले चाहेका एकभन्दा धेरै युवकहरुसँग यौन सम्पर्क गर्न स्वतन्त्र हुन्छन् । उक्त लभ हट अर्थात् प्रेम झुपडीमा अविवाहित छोरीहरु आफूले चाहेको युवकसँग रात बिताउन तथा सहवास गर्न समेत पाउँछन् ।किशोरावस्थाबाटै छोरीहरुले त्यस्तो स्वतन्त्रता प्राप्त गर्दछन् र बाउले बनाइदिएको प्रेम झुपडीमा धेरै भन्दा धेरै युवकहरुसँग प्रेम तथा सहवास गरी आफ्नो लागि उपयुक्त जिवनसाथी छनोट गर्दछन्।

Related posts

Leave a Comment