काठमाडौंमा चितुवाको छालासहित ३ जना पक्राउ

काठमाडौंको न्यूरोडस्थित भूगोल पार्कबाट प्रहरीले दुर्लभ वन्यजन्तु चितुवाको छालासहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडी घर भएका २५ वर्षीय महेशराज औजी, ३४ वर्षीय जनक महरा र २५ वर्षीय सुरेन्द्र दयाल छन् ।

 

प्रहरीलाई उनीहरुको गतिविधि शंकास्पद लागेपछि चेकजाँच गर्दा कलेजी रंगको झोलाभित्र बोरामा प्याक गरेको अवस्थामा चितुवाको छाला बरामद भएको थियो । उनीहरुले विक्री गर्ने उद्देश्यले चितुवाको छाला बोकेको खुलेको छ ।

 

उनीहरुमाथि थप अनुसन्धान र कारबाहीका लागि जिल्ला वन कार्यालय, हात्तिसार पठाइएको महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुले जनाएको छ ।

Related posts

Leave a Comment