नवनियुक्त प्रदेश प्रमुखहरुले लिए शपथ

काठमाडौँ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छन् ।  राष्ट्रपति निवासमा शुक्रबार आयोजित विशेष समारोहबीच राष्ट्रपतिबाट सात प्रदेशका नवनियुक्त प्रमुखहरुले शपथ ग्रहण गरेका हुन् ।
प्रदेश नं १ माप्रा डा गोविन्दबहादुर तुम्बहाङ
प्रदेश २ मा रत्नेश्वरलाल कायस्थ
प्रदेश ३ मा अनुराधा कोइराला
प्रदेश नं ४ मा बाबुराम कुँवर
प्रदेश ५ उमाकान्त झा
प्रदेश नं ६ मा दुर्गाकेशर खनाल
प्रदेश नं ७ मा मोहनराज मल्ल
मन्त्रिपरिषद्को बुधबारको बैठकले प्रदेशको कार्य सञ्चालनका लागि अस्थायी केन्द्र तोक्नुका साथै प्रदेश प्रमुखको नाम राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको थियो।

Related posts

Leave a Comment