ठूलीचौर विमानस्थल निर्माणको फाइल बन्द भएको वर्षौ भएपनि चर्चा भने अझै चल्दै

नेपाल नागरिक उड्डयन प्राधिकरणले काभ्रेको ठूलीचौरमा आन्तरिक विमानस्थल निर्माणका लागि अध्ययन थालेको ६ वर्ष बितिसकेको छ  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र बाह्य उडानको चाप अत्यधिक बढेपछि ठूलीचौरमा आन्तरिक टर्मिनल सार्ने योजनाअनुरुप अध्ययन अगाडि बढाइएको थियो । अहिले पनि नयाँ नियुक्त हुने पर्यटन मन्त्रीले ठूलीचौर विमानस्थलको कुरा उठाउछन् । तर, उक्त आयोजनाको फाइल बन्द भएको पनि धेरै समय भइसकेको छ ।

 

तत्कालीन महानिर्देशक त्रिरत्न मानन्धरले ०६८ सालमा त्यसबारे अध्ययन अगाडि बढाएका थिए । सम्भाव्यताबारे प्रारम्भिक रिपोर्टसमेत उनले तयार पारेका थिए । रिपोर्टअनुसार ठूलीचौरमा आठ सय मिटरको मात्रै विमानस्थल निर्माण सम्भव  भएको देखिएको छ  । त्यति छोटो धावनमार्गमा ट्रंक रुटमा चल्ने ठूला जहाजले उडानरअवतरण गर्न सक्दैनन् । बुद्ध, यती, सौर्य, श्री एयरलाइन्स र नेपाल वायुसेवा निगमले पछिल्लो समयमा ल्याएका ठूला जहाजका लागि आठ सय मिटरको धावनमार्ग अपर्याप्त हुन्छ । एकपछि अर्को गर्दै एयरलाइन्सहरुले ट्रंक रुटमा चल्ने ठूला जहाज ल्याइरहेका छन् ।

सोही कारण प्राधिकरणले उक्त विमानस्थलको काम रोकेर राखेको छ । अहिले सौर्य र श्री एयरलाइन्ससँग बम्बार्डियर, नेपाल एयरलाइन्ससँग एमए–६०, बुद्ध एयरसँग बिचक्राफ्ट र एटीआर तथा यती एयरलाइन्ससँग जेटस्ट्रिम र एटीआर जहाज छन् । ती विमानले साना विमानस्थलमा उडानरअवतरण गर्न सक्दैनन् ।ती जहाजका लागि ११ सयदेखि १५ सय मिटरको धावनमार्ग आवश्यक हुन्छ ।

अहिले त्रिभुवन विमानस्थलबाट आन्तरिक गन्तव्यमा हुने ३५ प्रतिशत उडान पहाडी विमानस्थलका लागि हुन्छन् । त्यसबाहेकको ६५ प्रतिशत उडान ट्रंक रुटमा हुन्छ ठूलीचौर विमानस्थलबारे प्रारम्भिक रिपोर्टमा करिब तीन अर्ब लागत अनुमान गरिएको थियो । अहिले आठ अर्बमा पनि निर्माण सम्भव नहुने प्राधिकरणले बताएको छ ।

Related posts

Leave a Comment