टि-२० विश्वकप एशियाली छनोट: नेपाल र थाईल्याण्डको खेल स्थागित, दुबै टिमले अंक बाँडे

काठमाडौं । आइसीसी महिला टि-२० विश्वकप एशियाली छनोट अन्तर्गत नेपाल र थाईल्याण्डले अंक बाँडेका छन् । पहिलो वर्षाले खेल प्रभावित बनेपछि नेपालले थाइल्याण्डसँग एक एक अंक बाँडेको हो ।

घरेलु टोली थाइल्याण्डले दिएको ९१ रनको लक्ष्य पछ्याएको नेपालले ३.४ ओभरमा १० रन बनाउँदा वर्षाका कारण खेल रोकियो ।

बैंककको टेर्डथाई क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले २० ओभरमा ६ विकेट गुमाउँदै ९० रन जोडेको थियो । उसका लागि चाइवाईले सर्वाधिक २३ रन बनाइन् । त्यस्तै चानथमले १८ रन टिमको खातामा जोडिन् ।

बलिङतर्फ नेपालका लागि सरिता मगरले २ तथा कप्तान रुविना क्षेत्री र करुणा भण्डारीले एक एक विकेट लिए ।

प्रतियोगिता अन्तर्गत नेपालले मंगलबार हङकङसँग खेल्नेछ ।

Related posts

Leave a Comment