जसले बसपार्क बनाइदिन्छ भोट उसैलाइ ः ओखलढुंगाका मतदाताको शर्त

ओखलढुंगाको सदरमुकामा बस पार्किङ गर्ने ठाउँ को अभाव हुदा सवारी साधन सडकमै राख्नुपर्ने बाध्यतामा त्यहाँका बासिन्दा गुजे्रका छन् ।
पहिलो चरणअन्तर्गत यही मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भोट माग्न जाने नेतालाई त्यहाँका मतदाताले व्यवस्थित बसपार्क जसले बनाउछ त्यसलाइ नै भोट हाल्ने शर्त तेर्साएका छन् ।

 

सिद्धिचरण नगरपालिका–९ ज्यामिरेका मञ्जु बाँनियाले भने, जुन नेताले बसपार्क बनाउने योजना ल्याउँछ र जिल्लाको विकास गर्छु भन्छ त्यसैलाई भोट दिने हो ।’ उनी बसपार्ककै छेउमा चिया पसल सञ्चालन गर्दै आइरहेका छन् । व्यवस्थित बसपार्क नहुँदा उनको चियापसमा आउन जान ग्राहकलाई अप्ठ्यारो छ ।

भोट माग्न गएका प्रतिनिधिसभाका उम्मेदवार यज्ञराज सुनुवारसँग बाँनियाले गुनासो गरे, ‘गरी खान पनि नपाउने, चिया पसलकै अगाडि बस आएर रोकिन्छ, ग्राहकलाई आउन जानै गाह्रो छ ।’

त्यस्तै सोही नगरपालिकाका–१२ का गोपाल बज्राचार्यको भनाइ पनि उस्तै छ । ‘मतदाताको मर्मलाई बुझेर जिल्लामा बसपार्क बनाउने, गाउँगाउँसम्म सडक विस्तार गर्ने नेतालाई हाल्छु,’ उनले भने ।

पेशा व्यवसाय गर्ने र यात्रुलाई मात्र हैन ठूलाठूला कार्यक्रमको आयोजना गर्दा पनि ट्राफिक व्यवस्थापनमा निकै कठिनाइ हुने गरेको छ । ओखलढुंगाका ट्राफिक प्रहरी प्रमुख भेषराज कट्टेलका अनुसार कुनै ठूला कार्यक्रमको बेलामा ट्राफिक व्यवस्थापनमा निकै कठिन भएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका अवसरमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनको यही मंसिर २ गते आयोजना भएको बृहत् चुनावीसभामा पनि ट्राफिक व्यवस्थापन गर्न निकै समस्या भएको थियो । दुवै दलले आआफ्नो चुनावीसभाको कार्यक्रमस्थल नजिकै सडकमा लाइन लगाएर सवारी साधन पार्किङ गरेका थिए ।

 

Related posts

Leave a Comment