चेल्सीले वेस्टबर्मलाई ३-० ले पराजित

 

गए राति प्रिमियर लिगमा चेल्सीले वेस्टबर्मलाई ३-० ले पराजित गरेको छ । चेल्सीका लागि इडेन हाजार्डले २ तथा भिक्टर मोजेसले १ गोल गरेका थिए। यो नजिता संगै चेल्सी अंक तालिकाको शीर्ष चारमा फर्किन सफल भएको छ।

चेल्सीले खेलको २५ औं मिनेटमा हाजार्डको गोल मार्फत अग्रता लिन सफल भएको थियो । भर्खरै समाप्त भएको स्तान्तरण सत्रको अन्तिम दिन आर्सनलबाट आएका खेलाडी ओलिभर जिरुडको पासमा हाजार्डले पहिलो होल गरेका हुन् ।

चेल्सीले खेलको ६३ औँ मिनेटमा दोस्रो गोल थपेको थियो । रक्षक भिक्टर मोजेसले प्रहार गरेको बल बिपक्षी खेलाडीको खुट्टामा लाग्दै दिशा परिवर्तन गरेको पछि चेल्सीले थप अग्रता पाएको थियो।  चेल्सीका लागि अन्तिम गोल हाजार्डले खेलको ७१ औँ मिनेटमा प्रहार गरेका थिए।

Related posts

Leave a Comment