गोरखामा लाग्यो बाबुराम भट्टराईलाइ ठूलो झड्का

नेपाली कांग्रेसका जुझारु युवा नेता भक्तबहादुर कुमाल नेकपा ९माओवादी केन्द्र०मा प्रवेश गरेका छन् ।

अडान नभएको, व्यक्तिवादी र अवसरवादी चरित्र भएको व्यक्ति नयाँ शक्ति नेपालका संयोजक डा। बाबुराम भट्टराईलाई कांग्रेसले समर्थन गरेर सच्चा र इमानदार कांग्रेस नेता कार्यकर्तालाई निराश बनाएकोले कांग्रेस परित्याग गरेको कुमालले बताए

गोरखा क्षेत्र नम्बर–२ दुइ अन्तर्गतको गोरखा नगरपालिका वडा नम्बर–१२ स्याउली बजारमा आयोजित चुनावी सभामा कुमाल माओवादी प्रवेश गरेका थिए । ।पार्टी प्रवेश गरेका कुमाललाई नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता एवम् गोरखा जिल्ला क्षेत्र नम्बर– २ दुईको प्रतिनिधि सभा सदस्य उम्मेदवार नारायणकाजी श्रेष्ठ ९प्रकाश०ले अबिरमाला लगाएर स्वागत गरेका थिए ।

Related posts

Leave a Comment