एमाले माओवादी केन्द्र एकिकृत पार्टीको नाम र भागबण्डा मिल्यो,घोषणा भोली

नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टीको नाम चिन्ह केन्द्रिय समिति र स्थाई समितिको भागवण्डा मिलेको छ ।
पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहने र चिन्ह सुर्य रहनुका साथै केन्द्रिय समिति ४४१ सदस्यीय हुने भएको छ ।

जसमा एमालेको तर्फबाट २४१ र माओवादीबाट २०० जना हुनेछन् । त्यस्तै ४३ सदस्यीय स्थायी कमिटीमा एमालेबाट २५ र माओवादीबाट १८ जना बनाउन दुवै दल सहमत भएका छन ।

पार्टी एकताको बिहीबार मदन आश्रति स्मृति दिवसको अवसर पारेर बल्खुमा घोषणा गर्ने दुई पार्टीको तयारी छ ।

Related posts

Leave a Comment