एकै घरका ३ जना किरियापुत्रीले मतदान गरे

सल्यानको कुमाखमालिका गाउँपालिका ६ बडागाउँमा एकै घरका ३ जना किरियापुत्रीले मतदान गरेका छन् । आमाको काजकिरियामा बसेका हुर्मतबहादुर केसी, गुन्जमान केसी र भाई बेदबहादुर केसीले मतदान गरेका हुन् ।
घरदेखि आधा घन्टा टाढा साबिकको गाविस कार्यालय मतदान केन्द्रमा पुगेर उाँहरुले भोट हालेका हुन् । मतदान गरेपछि हुर्मतबहादुर केसीले भन्नुभयो ‘आमाको शोकमा भएपनि यो महत्वपूर्ण अवसरलाई खेर नफालौं भनेर हामी पनि भोट हाल्न आएका हौं ’

त्यस्तै, बागचौर नगरपालिकाको बाँफुखोलामा पनि आमाको किरियामा बसेका धन बहादुर वली र कलिराम वलीले मतदान गर्नुभएको छ । आमाको निधन भएको तीन दिनकै दिन उहाँहरुले मतदान गर्नुभएको हो ।

Related posts

Leave a Comment