अनुगमन गर्दा लाबिम मलले कर नतिरेको फेल

सोमबार ललितपुर महानगरपालिकाले पुल्चोकमा रहेको व्यापारिक कम्प्लेक्स लाबिम महलमा अनुगमन गर्दा मलका सञ्चालकले कर नतिरेको पाइएको हो ।

सोमबार दिउँसो महानगरपालिकाको आर्थिक विकास समिति, राजश्व महाशाखा प्रमुख, नगर प्रहरी र वडाध्यक्ष सहितको टोलीले अनुगमन गर्दा करिव १ करोड रुपैयाँ भन्दा माथि कर बुझाउन बाँकी रहेको पाइएको हो ।

मलमा सञ्चालित पिरोपिरो पसल, स्यान्डविच प्वाइन्ट सेन्टर, केल्भिइन, कोकाकोला डल्ले लगायतका केही पसल विना दर्ता सञ्चालन गरिएको पाइएको छ । उनीहरुलाई अनुगमन टोलीले चाँडै नै सम्बन्धित कार्यालयमा दर्ता गरेर पसल चालउन आग्रह गरेका छन् ।

Related posts

Leave a Comment